धरानमा तीन सय एम्पुल टिडिजेसिकसहित दुई जना पक्राउ

धरानमा तीन सय एम्पुल टिडिजेसिकसहित दुई जना पक्राउ

सुनसरी, २३ बैशाख ।
सुनसरीको धरानबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन। प्रहरीले धरान १९ बाट को ६ प ८६३१ नम्बरको मोटरसाइकलमा सवार मोरङ जहदा गाउँपालिका १ का ३५ वर्षीय सम्पतलाल यादव र वर्ष २४ को सन्तोष यादवलाई तीन सय एम्पुल लागुऔषध टिडिजेसिक ईन्जेक्सनसहित पक्राउ गरेको हो ।
हिजो साँझ सवारी चेकजाँचका क्रममा उनीहरुको साथबाट एभिल एकसय एम्पुल, डाईजेल्याप एकसय एम्पुल तथा लुपिजेसिक एक सय एम्पुल फेला मरामद भएको प्रहरीले जनाएको छ ।। दुबैलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखी अनुसन्धान भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्