महोत्तरी, २३ वैशाख । औरही नगरपालिका १ का शिवशंकर महतोको घरबाट सल्केको आगोले रामचन्द्र मण्डलको घर पूर्ण रुपमा जलेको छ । आगलागीबाट २ लाखभन्दा बढीको क्षति भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
आगलगीबाट मण्डलले संचालन गर्दै आएको कुखुरा फर्म समेत जलेर नष्ट नष्ट भएको प्रहरी नायव निरीक्षक मेघराज चौरासियाले जानकारी दिए। प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।