गाईघाटमा कृत्रिम तराजु प्रयोग गरी सुनमा ठगि

<span class='c1'>गाईघाटमा कृत्रिम तराजु प्रयोग</span> <span class='c2'>गरी सुनमा ठगि</span>

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित गाईघाट बजारका केही सुन पसल सञ्चालकले कृत्रिम तराजु तथा किलाकाँटा प्रयोग गरेर उपभोक्ता ठग्दै आएको तथ्य खुलेको छ ।

शुक्रबार केन्द्रीय आपूर्ति विभाग र जिल्ला प्रशासन कार्यालय उदयपुरका कर्मचारीले गाईघाट बजारको सुन पसल अनुगमन गर्दा पसलका सुन तौलने काँटा किला र तराजु बिग्रेको र कृत्रिम तथा मापदण्ड विरुद्धको भेटिएर जफत गरेको जिल्ला प्रशासन कार्यालय उदयपुरले बताएको छ । गाईघाटको महालक्ष्मी सुन पसललगायत अन्य तीन वटा सुन पसलका सुन तौलने तराजु कृत्रिम र ठगी गर्ने किसिमको पाइएकाले जफत गरिएको जिल्ला प्रशासन उदयपुरका अनुगमन अधिकृत खेमराज थापाले बताउनुभयो ।

यस्तै अनुगमनका क्रममा त्रियुगा नगरपालिकाको देउरी बजारमा पनि मापदण्डविरुद्ध सञ्चालन गर्ने केही पसल र एक पेट्रोल पम्प अवैध सञ्चालन भएको पाइएको कारण सिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्