रियल मड्रिड र बार्सिलोना दुई–दुई गोलको बराबरीमा

रियल मड्रिड र बार्सिलोना दुई–दुई गोलको बराबरीमा

वैशाख २४ – स्पेनीस ला लिगाको उपाधि विजेता टिम बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । आइतबार राति भएको सिजनको अन्तिम एल क्लासिकोमा रियल मड्रिडसँग दुई–दुई गोलको बराबरी खेल्यो ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा १० खेलाडीमा झरेको बार्सिलोनाले दुई पटकको अग्रतालाई जोगाउन सकेन । निकै तनावपूर्ण खेलको १० औं मिनेटमा लुइस स्वारेजको गोल मार्फत बार्सिलोनाले अग्रता बनायो । तर १४ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

पहिलो हाफमा इन्जुरी समयमा बार्सिलोनाका रेर्गि रोबेर्टोले मर्सेलोलाई फल गरेपछि रेफ्रिले सोझै रातो कार्ड देखाए । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलका ५२ औं मिनेटमा बार्सिलोनाले पुनः अग्रता बनायो । यसपटक उसका लागि लियोनल मेसीले गोल गरे । तर ७२ औं मिनेटमा काउन्टर अट्याकमा ग्यारेथ बेलले गोल गर्दै खेल दुई–दुई गोलको बराबरीमा पुर्याए ।

त्यसो त यो खेलमा रेफ्रिको निर्णय पनि निकै विवादस्पद रह्यो । एकपटक जोर्डी अलावाले मर्सेलोलाई फल गरे पनि पेनाल्टी दिएनन भने पुरै खेलमा ८ वटा पहेलो कार्ड दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्