हावाहुरीले रुख ढल्यो, च्यापिएर दुई महिलाको मृत्यु

हावाहुरीले  रुख ढल्यो, च्यापिएर दुई महिलाको मृत्यु

चितवन - हावाहुरीका कारण जिल्लामा दुई महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १ की ४० वर्षीया सितौली श्रेष्ठ र ईच्छाकामना गाउँपालिका– ७ का ४१ वर्षीय कणबहादुर गुरुङ रहेका छन् । श्रेष्ठको घर नजिकैको सतन्चुली सामुदायीक वन र गुरुङको घरनजिकैको वनमा हावाहुरीका कारण ढलेको रुखले थिचिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिए  ।

रुखको हाँगाले लागेर शिव गुरुङ र शिव थापामगर घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्