नगेन्द्रप्रसाद-आशालता रिजाल प्रतिष्ठानद्धारा दुई लाख पुरस्कार प्रदान

नगेन्द्रप्रसाद-आशालता रिजाल प्रतिष्ठानद्धारा दुई लाख पुरस्कार प्रदान

सुजन निरौला 

नेपालका  पूर्व प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल र उहाँकी धर्मपत्नी आशालता रिजालको नाममा स्थापना गरिएको पुरस्कार विराटनगरमा एक कार्यक्रमका बीच शनिवार प्रदान गरिएको छ ।

नगेन्द्रप्रसाद -आशालता रिजाल प्रतिष्ठानले उक्त पुरस्कार भाषाशास्त्री बालकृष्ण पोखरेल र स्वर्गद्धारी आश्रमलाई १ ,१ लाख रुपैयाकादरले प्रदान गरेको हो । उक्त रकम प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राई ,जगतगुरु बालसन्त र प्रतिष्ठानकी अध्यक्ष इन्दिरा रिजालले सम्युक्तरुपमा हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले समाजरुपान्तरणमा समाजका सवै,वर्ग,धर्म र सप्रदायले आ आफ्ना क्षेत्रवाट काम गर्नु पर्ने बताउनु भयो । पुरस्कारले समाजमा राम्रो काम गर्नेहरुलाई प्रोत्साहन गर्ने भन्दै राईले दण्ड र पुरस्कारको व्यवस्था पुरातन समाजले गर्दे आएको धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी,साहित्यकार विभष पोखरेल लगायतले कार्यक्रमका पक्षवारे आआफ्ना धारणा राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्