झापामा लागुऔषधसहित तीन जना समातिए

झापामा लागुऔषधसहित तीन जना समातिए

झापा, बैशाख २४ गते।

झापाको भद्रपुर र मेचीनगर नगरपालिकाबाट प्रहरीले आइतबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

भद्रपुर नगरपालिका-५ स्थित मेची पुल नजिकैबाट भारतबाट नेपालतर्फ आउदै गरेको मे ५ प ७५३९ नम्बरको मोटरसाइकल चेकजाँज गर्ने क्रममा मोटरसाईकलको सिट मुनी लुकाएको अवस्थमा लागुऔषध नाईट्रोजन ट्याबलेट ४२-पिस र स्पामोप्रोक्सिङ -२१ पिस बरामद भएको छ।

बरमाद लागुऔषधसहित मोटरसाइकल चालक हल्दीबारी गाउँपालिका-१ बस्ने २५ बर्षिय प्रकाश न्यौपाने र पछाडी सवार विर्तामोड नगरपालिका-१० बस्ने २८ बर्षिय सनम राईलाई वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

यता मेचिनगर नगरपालिका-६ बसपार्कबाट पैदलयात्री जिल्ला मोरङ रतुवामाई नगरपालिका-६ बस्ने ३० बर्षिय झनक बहादुर धमलाको साथाबाट ४ ग्राम खैरो हिरोईन बरामद भएको छ। उनलाई इलाका प्रहरी कार्यालय कांकडभिट्टामा राखी थप अनुसनध्न भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्