टमाटर खेतीबाट ठाकुरप्रसाद गर्छन मासिक एक लाख आम्दानी

टमाटर खेतीबाट ठाकुरप्रसाद गर्छन मासिक एक लाख आम्दानी

बाँके, वैशाख २४ गते । वर्दियाको गेरुवा गाउँपालिका प्रसेनीपुरका ठाकुरप्रसाद थारू टमाटर खेतीबाट एक वर्षमा १२ लाख रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ । गाउँका धेरै युवा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक गए पनि थारूले भने गाउँमै बसेर तरकारी खेतीबाट राम्रो आर्थिक लाभ लिन सफल हुनु भएको छ ।

नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा उच्च शिक्षाको अध्ययन पूरा गरेपछि थारू गाउँमै पुगेर व्यावसायिक खेतीमा जुट्नुभएको हो । 
थारूले आधुनिक तरिकाबाट टमाटर खेती गरिएका कारण उत्पादन बढी भएको बताउनुभयो । उहाँले इजरायली प्रविधिबाट इन्ड्याम ९५०२ जातको टमाटरको समेत उत्पादन गरेको बताउनुभयो
थारूले उत्पादित टमाटरको बजार अभाव समेत नभएको भन्दै आफूले उत्पादन गरेको टमाटर स्थानीय बजारसँगै बर्दिया सदरमुकाम गुलरिया र नेपालगञ्जसम्म समेत पुग्ने गरेको बताउनुभयो ।
प्रसेनीपुरमा मोर्डन कृषि फर्म रहेको छ । थारूद्वारा सञ्चालित कृषि फर्ममा आधुनिक तरिकाबाट टमाटरलगायत अन्य तरकारी खेती भइरहेको छ । थारूले मिहिनेत गरेमा आफ्नो गाउँघरमा पनि राम्रो आम्दानी गर्न सकिने बताउनुभयो ।
काम गर्न सके यहीँ पनि राम्रो लाभ लिन सकिन्छ, थारूले भन्नुभयो, यसका कारण गाउँमै केही गर्छु भन्ने इच्छाशक्ति हुनु पर्दछ । उहाँले व्यावसायिक तरकारी खेतीबाट गाउँघरमै राम्रो आम्दानी हुने भन्दै विदेश जानैपर्ने अवस्था नभएकोसमेत बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्