जबरजस्ती धर्म परिवर्तन गराउँदै हिँडेका महिला चर्चबाटै समातिए

<span class='c1'>जबरजस्ती धर्म परिवर्तन गराउँदै</span> <span class='c2'>हिँडेका महिला चर्चबाटै समातिए</span>

प्रहरीले जबरजस्ती धर्म परिवर्तन गराउँदै हिँडेका तीनजना महिलालाई चर्चबाटै पक्राउ गरेको छ । महागरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौँको नागार्जुन नगरपालिका–४ सीतापाइलास्थित चर्चबाट तीनजना महिलालाई पक्राउ गरेर हिरासतमा लिएको हो ।

पक्राउ पर्नेहरुमा जबरजस्ती क्रिश्चियन धर्म अँगाल्न लगाउने कास्कीको मच्याङ्गकोट गाउँपालिका–९ घर भई नागार्जुन नपा–४ बस्ने ४९ वर्षीया सुमित्रा गौली, भरतपुर महानगर–१६ घर भएकी ४२ वर्षीया फूलदेवी भट्टराई र काठमाडौँ–१४ कलंकी बस्ने ३६ वर्षीया राधिका महर्जन रहेका छन् ।

उनीहरुले चितवनको भरतपुर महानगरपालिका–२७ की ३८ वर्षीया लक्ष्मी भट्टराईलाई गैरसरकारी संस्थामा आकर्षक जागिर लगाइदिने प्रलोभनमा पारेर गत वैशाख १५ गते नागार्जुनस्थित चर्चमा लगेर जबरजस्ती धर्म परिवर्तन गराउन लगाएका थिए ।

फूलदेवीले राधिका महर्जनसँग भेटाएपछि लक्ष्मीलाई चर्चभित्र बस्न लगाई सुमित्रा गौलीले धर्म परिवर्तन गराउन खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ । चर्चमा लगेपछि लक्ष्मीलाई उनको इच्छाविपरित गौलीले बाइबलको पाठ सुनाउँदै दुवै हात समातेर जबरजस्ती बाप्टिज्मा लिने भएमात्रै गैससमा लगाइदिन्छु भनेर बाइबल समेत पाठ गराउन लगाएको खुलेको छ ।

त्यसपछि पीडितले आफूलाई जबरजस्ती धर्म परिवर्तन गर्न बाध्य पारेको भन्दै यही वैशाख २१ गते तीनैजनाविरुद्ध प्रहरीमा किटाणी जाहेरी दिएकी थिइन् ।

लक्ष्मीको किटाणी जाहेरीपछि उनीहरु तीनैजनालाई चर्चबाटै पक्राउ गरेर शनिबारबाटै लागू हुने गरी जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद थपी अनुसन्धान अघि बढाएको महानगरीय प्रहरी परिसर टेकुले जानकारी दिएको छ । जबरजस्ती धर्म परिवर्तन गराएको ठहर भएमा मुलुकी ऐन २०२० अनुसार कम्तिमा पनि ३ वर्ष जेल सजाय हुने व्यवस्था छ । (अन्नपूर्ण)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्