झापाको दमकमा मागेरै अन्तरजातीय विवाह सम्पन्न

<span class='c1'>झापाको दमकमा मागेरै</span> <span class='c2'>अन्तरजातीय विवाह सम्पन्न</span>

दमक । झापाको दमकमा अन्तरजातीय विवाह भएको छ । दलित परिवारको किशोरी र मधेशी परिवारको किशोरविच शनिवार धुमधाम विवाह भएको हो । अन्तरजातीय मागी विवाह गर्नु नेपाली समाजको लागि ठुलो परिवर्तन मान्न सकिन्छ ।
दमक–३ दोधारेकी २३ वर्षीया लिजा शिलवाल विश्वकर्मा र नारायणघाट नगरपालिकाका २५ वर्षीय यादव महत चौधरी विच परिवारको सहमतिमा मागी विवाह भएको दलित अधिकारकर्मी अमर बराइलीले जानकारी दिए । उनीहरु विचको प्रेम सम्वन्धलाई परिवारले वैवाहिक जीवनमा परिणत गरिदिएका छन् । रोजगारीको सिलशिलामा दुवई पुगेका उनीहरु विचको लामो प्रेम सम्वन्धलाई परिवारले जात नहेरेको आफन्तजनले जानकारी दिए ।
शनिवार १५ जना जन्ती लिएर आएका बेहुलाले बेलुकी तिन बजे हिन्दु धर्म संस्कार अनुसार विवाह सम्पन्न गरेर फर्किउका थिए । यो प्रयासलाई अधिकारकर्मी बराइलीले समाज परिवर्तन प्रारुप भनेका छन् ।
नेपालको संबिधान २०७२ को धारा ४० ले समाजमा जातीय छुवाछूत तथा विभेद गर्नेलाई १ महिनादेखि ३ वर्ष कैद १ हजार देखि पच्चीस हजार अथवा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । अन्तरजातीय विवाहले समाज रुपान्तरणमा सहयोग पुग्ने दलित अगुवाहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्