१० वर्षीया बालिका बलात्कारको आरोपमा ५० वर्षीय पक्राउ

१० वर्षीया बालिका बलात्कारको आरोपमा ५० वर्षीय पक्राउ

पक्राउ पर्नेमा सर्लाहीको पर्सा गाउँपालिका–५ का ५० वर्षीय ‘कारी’ भनिने हाकिम वैठा रहेका छन् ।

उनीमाथि स्थानीय १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घरमा खेलिरहेकी बालिकालाई वैठाले ललाइ–फकाइ जबर्जस्ती करणी गरेको बालिकाका अभिभावकले बताएका छन् ।

पीडित बालिकाको अवस्था गम्भीर रहेको र अहिले जिल्ला अस्पताल मलंगवामा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आरोपी वैठालाई भने प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । उनीमाथि बलात्कार मुद्दा दर्ता गरिएको सर्लाहीका प्रहरी प्रमुख एसपी मसउद आलम खाँले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्