नेपाल कम्युनिष्ट पार्टी परित्याग

नेपाल कम्युनिष्ट पार्टी परित्याग

विराटनगर, २४ बैशाख ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीका विराटनगर महानगरपालिका सदस्य कमलबहादुर खत्री (नेपाल) ले पार्टी परित्याग गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले सामान्य नागरिक सरह स्वतन्त्र पूर्वक रुपमा जीवन यापन गर्दै नेपालको कानूनलाई आत्मसाथ गरेर अघि बढ्ने विज्ञप्तिमा उल्लेख गरेका छन् । नेपालले पार्टीको सदस्य भए पनि अहिले सम्म पार्टीका नाममा भएका कुनै पनि अराजक र उसृङखल गतिविधीमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारे ।

[caption id="attachment_53819" align="alignnone" width="893"] उनलाई पार्टीको सदस्य भएकै कारण स्थानीय तह निर्वाचनका बेला गत असार १४ गते र प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनका बेला कात्तिक २८ गते प्रहरीले घरैबाट पक्राउ गरेर हिरासतमा राखेको थियो । उनी विरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा दर्ता गरेको थियो । अहिले पनि नेपालले त्यही मुद्धाको तारेख खेपीरहेका छन् । [/caption]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्