घरेलु मदिरा खाएपछि बालिका बेहोस

घरेलु मदिरा खाएपछि बालिका बेहोस

दाङ  । दाङको घोराही उपमहानगरपालिका वडा नं. ८ ढिकपुर निवासी चार वर्षिया बालिका राधिका कँुवर मदिरा खाएर गम्भीर बिरामी परेकी छन् । उनले घरमा अभिभावक नभएको समयमा थाहा नपाएर घरेलु मदिरा खाएपछि बेहोस भएको आमा खीमा कँुवरले वताइन् ।

बालिका राधिका कुँवरको गम्भीर अवस्थामा तुलसीपुरस्थित तुलसी हस्पिटलमा उपचार भइरहेको छ । हस्पिटका प्रोप्राइटर एवं बालरोग विशषेज्ञ डा. किशोर खत्रीले अवस्था सुधारोन्मुख रहेपछि खतरामुक्त नरहेको जानकारी दिए ।

बच्ची बेहोस भएपछि आन्तरिक वान्ता (एस्पिरेसन निमोनिया) समेत भएको हुँदा जोखिम कायमै रहेको डा. खत्रीले बताए । उनले आफू कहाँ आउँदा बच्चीको अवस्था निकै नाजुक रहेको हुँदा भेन्टिलेटरमा राखेर उपचार थालेपछि केही सुधार आएको बताए ।

राधिका बहिनी बिरामी भएको हुँदा अइतवार विहान उनलाई स्कूल बसमा चढाएर उनका बाबु शेरसिंह कुँवर र आमा खीमा कुँवर सानी छोरीको उपचारका लागि घोराही गएका थिए । भोकले हैरान राधिका बेलुका स्कुलबाट घर फर्केपछि खानेकुरा खोज्दै जाँदा जर्किनको रक्सी खान पुगेको हुन सक्ने उनकी आमा खीमाले वताइन् । बेहोस अवस्थामा फेला परेकी छोरीलाई गाउँलेको सहयोगमा आइतबार साँझ ६ वजेतिर नारायणपुर मेडिकलमा उपचारका लागि लगेपछि त्यहाँ नसक्ने भन्दै घोराही उपक्षेत्रीय अस्पतालमा लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि तुलसीपुुरस्थित तुलसी बाल हस्पिटलमा ल्याएर उपचार भइरहेको ईप्रका तुलसीपुरमा प्रमुख प्रकाश सापकोटाले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्