बिराटनगरमा पहिलो पाईलाले थाल्यो शिक्षा अभियान

बिराटनगरमा पहिलो पाईलाले थाल्यो  शिक्षा अभियान

बिराटनगर बैसाख २५ , बिराटनगरमा सामजिक क्षेत्रमा लागि परिरहेको सामजिक संस्था पहिलो पाईलाको शिक्षा अभियान बिराटनगरमा संचालन भएको छ| गरिबीका कारण पर्याप्त शैशिक सामग्री नभएर बिद्यालय जानबाट बन्चित बालबालिकालाई बिद्यालय सम्म पुर्याउनका लागि पहिलो पहिलाले बिराटनगरमा यस अभियान संचालन गरेको हो| बिराटनगरका तिन बिद्यालयमा आध्यानरत  १३० जना गरिब बालबालिकालाई शैशिक सामाग्री वितरण गरिएको छ |

बिराटनगरको पोखरिया मा.वि., राधाकृष्ण मा.वि र कोचाखोलामा रहेको श्री आधारभूत बिध्यालयमा आज स्कुल झोला, कलम, कपि, पेन्सिल, इरेजर, सार्प्नर लगायतक शैशिक सामग्री वितरण गरिएको कुरा पहिलो पाईला बिराटनगर शाखाका अध्यक्ष सुबास गौतमले जानकारी दिनु भएको छ|

पहिलो पईलाको यस शिक्षा अभियानलाई ब्राईट एन्जल्स बोर्डिंगले पनि सहकार्य गरेर साथ दिएको थियो| “गरिब हुनु अपराध हैन, तर गरिबीका कारण कोहि बालबालिकाको हकअधिकार नखोसियोस् भन्ने उद्देश्यले हामी ले यो अभियान चलाएका हौ भनेर पुर्वान्चल संयोजक सुमन खड्काले बताउनु भएको छ| यस वर्ष देशब्यापी गरेर १००० झोला वितरण गर्ने उद्धेस्य रहेकाले बिराटनगर मा पनि हामी ले यस अभियान संचालन गरेका हौ भनेर खड्काले थप्नु भयो|

यतिबेला यस अभियान कपिलवस्तु, गुल्मी, रसुवामा पनि संचालन हुन लागेको कुरा जानकारी भएको छ, साथै लामजुंगमा गत फाल्गुनमा पहिलो चरण मार्फत ५० बालबालिकालाई शैशिक समाग्री वितरण भएको र यसै जेष्ठ १३ गते दोश्रो चरणमा पुन लामजुंगमै शिक्षा अभियान संचालन हुनलागेको कुरा प्राप्त भएको छ|

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्