नेपाल शिक्षक संघ सप्तरीले निमित्त प्रधानाध्यापक लेखनाथ कोइरालामाथि कुटपिट गर्ने व्यक्तिलाई कारबाहीको माग गरेको छ ।
तीन दिनअगाडि कोइरालालाई शिक्षकहरुका कोठामा बसिरहेका बेला स्थानीयवासी ज्ञानेन्द्रकुमार खड्गाले एक्कासि आक्रमण गरी घाइते बनाइएको विज्ञप्तिमा जनाइएको छ ।
कोइराला हनुमानगर–कंकालनी नगरपालिका–१ स्थित बीपी माविमा १५ वर्षदेखि अध्यापनरत् छन् । रासस