रौतहटमा पानीमा डुबेर दुईजना बालिकाको ज्यान गयो

रौतहटमा पानीमा डुबेर दुईजना बालिकाको ज्यान गयो

रौतहट- रौतहटको राजपुर नगरपालिकामा पानीमा डुबेर दुईजना वालिकाको ज्यान गएको छ । स्थानीय वडा नम्बर ६ कुडियाटोलकी ७ वर्षीया अनिजा खातुन र ६ वर्षीया सुनैया खातुनको गाउँ नजिकै रहेको अरुवा खोलामा नुहाउने क्रममा पानीमा डुवेर ज्यान गएको हो ।

घरबाट सोमबार दिउँसो साथीहरुसँग गाउँ नजिकैको खोलामा नुहाउन गएका थिए । दिउँसै घरबाट खोलातर्फ गएकी बालिका बेलुकीसम्म घर नर्फिदा अभिभावकले उनीहरुको खोजीकार्य सुरु गरेको  थियो ।

आफन्त र स्थानीयले बालिका खोज्न खोलामा गएपछि दुवैजना बालिकाको पानीमा डुबेर मरेको अवस्थामा शव भेटिएको थियो । मृतक बालिकाको शव पोस्टमार्टमको लागि मंगलबार जिल्ला अस्पताल गौरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक मनोज यादवले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको र पोस्टमार्टम पश्चात बालिकाको शव अन्तिम संस्कारका लागि परिवारजनाको जिम्मा लगाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्