भोजपुरमा घरायासी विवादमा जेठानीको हत्या , आरोपी पक्राउ

भोजपुरमा घरायासी विवादमा जेठानीको हत्या , आरोपी पक्राउ

भोजपुर : भोजपुरमा महिलाको हत्याका आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । टेम्के मैयुङ गाउँपालिका २, छिनामखुका ४५ वर्षीय प्रमेश राईले आफ्नै जेठानी दिदी ५८ वर्षीय विद्याकुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

हत्याका आरोपी प्रमेशले गत वैशाख २३ गते आइतबार साँझ सामान्य घरायासी विवादमा जेठानी दिदी विद्याकुमारीलाई मरणासन्न हुने गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले बताए ।

उनका अनुसार आरोपी प्रमेशको निर्मम कुटपिटबाट टाउको लगायत शरीरका विभिन्न अंगमा गम्भिर चोट लागेपछि अचेत अवस्थामा घाइते भएकी विद्याकुमारीको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको थियो ।

उनको मृत्यूपश्चात अभियुक्त प्रमेशलाई प्रहरीले मंगलबार बिहान ५ बजे घरबाट नियन्त्रणमा लिई कार्यालय भोजपुरमा ल्याएर म्याद थप गरी कर्तव्य ज्यान मार्ने मूद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्