बिराटनगर शान्ति बाल सदन स्कुलले अनाथ बालबालिकालाई निशुल्क पढाउने

बिराटनगर शान्ति बाल सदन स्कुलले अनाथ बालबालिकालाई निशुल्क पढाउने

विराटनगर २५ बैशाख । विराटनगर १० मा रहेका शान्ति बाल सदन इन्ग्लिश  बोडिड स्कुलले अनाथ बालबालिकाहरुलाई निशुल्क पढाउने भएको छ ।
नयाँ भर्ना भएसंगै आमाबुबा तथा आफन्त विहीन भएर बसेका विद्यार्थीलाई कक्षा १ देखि १० सम्म निशुल्क पढाउने भएको छ ।
शिक्षाबाट गरिब दुःखी जो कोही पनि पढ्न पाउनुपर्ने अधिकार भएका कारण हामीले पढ्ने मन भएर पनि पढ्ने मौका नपाईरहेका विद्यार्थीहरुलाई निशुल्क पढाउन लागिएको स्कुलका सञ्चालक कुमार सानु साहले जानकारी दिए । हरेक कक्षामा ५ जना विद्यार्थी भर्ना गरिने स्कुलले जनाएको छ । साथै स्कुलमा नया बर्षको लागी पिजी देखि कक्षा ९ सम्म निशुल्क भर्ना खुलेको स्कुलका प्रिन्सीपल प्रकाश बहादुर सिंहले जानकारी दिए ।
अनाथ विद्यार्थीका लागी सम्पुर्ण पढाईका खर्च व्योहोर्ने साहले बताए । बि.स २०४७ सालमा स्थापना भएको स्कुलमा २०७४ सालदेखि नयाँ व्यावस्थानदेखि सञ्चालनमा आएको हो ।
हाल स्कुलमा प्रकाश सिंह ,कृष्ण प्रसाद वस्ती, सचिन साह, कुमार सानु साहको सेयर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्