सुत्केरीको मृत्युपछि तेह्रथुम अस्पतालमा तनाव, चिकित्सकलाई कार्वाहीको माग

<span class='c1'>सुत्केरीको मृत्युपछि तेह्रथुम अस्पतालमा</span> <span class='c2'>तनाव, चिकित्सकलाई कार्वाहीको माग</span>

तेह्रथुम, २५ बैशाख ।
तेह्रथुम जिल्ला अस्पतालमा तीन दिन अघि सुत्केरी गराउन आएकी म्याङलुङ नगरपालिका ८ बस्ने ३५ वर्षिय रत्नमाया मगरको गएराती अस्पतालमै मृत्य भएको छ । सुत्केरी व्यथा लागेर तीन दिन अघि जिल्ला अस्पताल आएकी रत्नमाया मगरको उपचारको अभावमा मृत्यु भएको परिवारले आरोप लगाएका छन् । जिल्ला अस्पतालमा उपचारका लागि तीन दिन अघि ल्याएको रत्नमायाँको डाक्टरको लापरबाहीले मृत्यु भएको उनका श्रीमान टेकवहादुर मगरले बताए । डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले आज दिउसोसम्म लास उठाएका छैनन् । लास बेडमै राखिएको छ । आफन्तहरुले जिल्ला अस्पतालमा नाराजुलुस गरिरहेका छन् ।
मृतक मगरको मृत्युको कारण छानविन गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने, दोषी चिकित्सकलाई कारबाही गर्नुपर्ने माग मृतकका आफन्तको छ । उपचार गर्दा गर्दै रत्नमायाको मृत्यु भएको र अस्पतालको दोष नभएको अस्पताल प्रशासनले जनाएको छ । म्याङलुङ्ग नगरपालिकाका प्रमुख संजय तुम्वाहाम्फेले घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै पीडित पक्षलाई नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताए । तर पनि मृतकका आफन्तले शव उठाउन मानेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्