सुनसरीमा ट्रक दुर्घटनामा एकको मृत्यु दुई घाइते

<span class='c1'>सुनसरीमा ट्रक दुर्घटनामा एकको</span> <span class='c2'>मृत्यु दुई घाइते</span>

सुनसरी,बैशाख २६।

सुनसरीको भोक्राहा गाउँपालिका-४ मा मंगलबार ना ४ ख ८६२० नम्बरको ट्रक नहरको वालमा ठोक्किदा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।

ज्यान गुमाउनेमा ट्रकमा सवार भोक्राहा गाउपालिका-४ बस्ने अन्दाजी ४० बर्षिय मनोज मेहेता रहेका छन्। अपरान्ह ४ बजेतिर भएको उक्त दुर्घटनामा दुर्घटनमा गम्भिर घाईते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको हो।

ट्रकका चालक मोरङ कोशीहरैचा-९ बस्ने ४५ बर्षिय टेक बहादुर विश्वकर्मा र सह-चालक सुनसरी रामधुनी नगरपालिका१ बस्ने २२ बर्षिय अजय उराव घाइते भएकाले उपचार भइरेहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्