सुनसरीमा भन्सार छलेको स्याउ लोड भएको ट्रक प्रहरीको नियन्त्रणमा 

<span class='c1'>सुनसरीमा भन्सार छलेको स्याउ लोड</span> <span class='c2'>भएको ट्रक प्रहरीको नियन्त्रणमा </span>

सुनसरी, बैशाख २६ ,

सुनसरीको कोशी गाउँपालिका-८ भान्टाबारी स्थित पूर्वी टोलबाट प्रहरीले मंगलबार २ सय ३६ कार्टुन स्याउ लोड भएको मिनी ट्रक नियन्त्रणमा लिएको छ।

भारतीय नम्बर बि आर ५० जी ४०१६ नम्बरको ट्रकमा लोड गरी अवैध रुपमा भारत सुपौलतर्फ लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले विहान ४ बजे ४ लाख ६६ हजार मुल्य बराबरको स्याउ लोड भएको उक्त ट्रक नियन्त्रणाम लिएको हो।

बरामद स्याउ सहित ट्रकका चालक भारत सुपौल जिल्ला गणपतगंज -१२ बस्ने ३३ बर्षिय पवन यादवलाई सेतुवन्ध भन्सार कार्यालय कोशी व्यारेजमा बुझाइएको प्रहरीले जनाएको छ। यसैगरी सोही ठाउँबाट प्रहरीले भारतमा उत्पादित १४ हजार ६ सय मुल्य बराबरको वेवारीसे चिनी बरामद गरी भन्सार बुझाएको छ।

त्यस्तै सुनसरीकै हरिनगरा गाउपालिका- ५ स्थितमा प्रहरी चौकी सिसुवा धरमपुरको प्रहरी टोलीले भारतमा निर्मित विभिन्न प्रकारका २१ हजार ८ सय ६० रुपैयाँ मुल्य बराबरको फेन्सी सामानहरु बरामद गरेको छ। बरामद समान आजै सेतुवन्ध भन्सार कार्यालय कोशी व्यारेजमा बुझाइएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्