अलिबाबा नेपाल भित्रियो , दराज ग्रुप अब अलिबाबाको सदस्य

अलिबाबा नेपाल भित्रियो , दराज ग्रुप अब अलिबाबाको सदस्य

काठमाडौं । नेपाल, पाकिस्तान, बंङ्गलादेश, श्रीलंका र म्यानमारमा इ–कमर्श कम्पनी दराज ग्रुपमार्फत अलिबाबा नेपाल भित्रिएको छ ।

अब दराज अलिबाबा ग्रुपको सदस्य भएको दराज ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दराजले अलिबाबाको प्रविधि, अनलाइन कमर्श सञ्चालनमा भएको अनुभव र नेतृत्वलाई करिब ४६ करोड जनसंख्या समेट्ने दक्षिण एसियाका ५ देशहरुमा आफ्नो बजारलाई विस्तार गर्न प्रयोग गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

दराज सन् २०१२ मा स्थापना भएको कम्पनी हो । इ–कमर्श प्लेटफर्मको प्रमुख गन्तव्यका रुपमा यो स्थापित छ । हाल दराज पाकिस्तान, बंगलादेश, श्रीलंका, म्यानमार र नेपालमा पनि सञ्चालनमा छ ।

दराजका सह–प्रमुख कार्यकारी अधिकृत बिर्याके मिकेल्सनका अनुसार अब दराजले अब अलिबाबा परिवारमा सदस्यता पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्