आज बिहानको हावाहुरीले मोदीको स्वागतका लागि तयार स्वागतद्वारा उडायो

आज बिहानको हावाहुरीले मोदीको स्वागतका लागि तयार स्वागतद्वारा  उडायो

काठमाडौं, बैशाख २६ । धनुषा र महोत्तरीमा बुधबार विहान आएको हावाहुरीले क्षति पुर्‍याएको छ । हुरीले किसानको फलफूल तथा तरकारी खेती नष्ट गरेको छ ।

यो सँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि तयार पारिएका स्वागतद्वारमा पनि क्षति पुर्‍याएको छ ।

मोदीको स्वागतका लागि जनकपुर क्षेत्रमा बनाइएका स्वागतद्वारहरु आँधी र हुरीले ढालेका हुन् ।

राम–जानकी मन्दिर र त्यहाँ आउने सडकका विभिन्न भागमा ठड्याइएका प्रवेशद्वार आज बिहान साढे ३ बजेतिर आएको हावा–हुरीले ढालिदिएको हो । हावाहुरीसँगै आएको पानीले रंगभूमि मैदानमा पानी जमेको छ ।

धनुषासँगै महोत्तरीमा आएको हावाहुरीले आँपमा क्षति पुर्‍याएको छ ।

हावाहुरीले चिचिला आँप झारिदिँदा किसान चिन्तित छन् । महोत्तरीमा धेरै घरको छानो उडाएको र रुख ढालेको जनाइएको छ ।

तस्विरः घनश्याम मिश्रको फेसबुक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्