भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पटनाबाट सीधै जनकपुर आउने

<span class='c1'>भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी</span> <span class='c2'>पटनाबाट सीधै जनकपुर आउने</span>

काठमाडौँ, वैशाख २६ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २८ गते बिहान विशेष विमानमार्फत पटनाबाट सीधै जनकपुर आउनुहुने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँगै प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा पूजापाठ गर्नुहुनेछ । उहाँहरूले जानकी मन्दिर परिसरमै संयुक्त रूपमा रामायण सर्किटको शिलान्यास गर्नुहुनेछ । त्यही दिन अयोध्या–जनकपुर बससेवा सञ्चालनको समेत उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि मोदी जनकपुर उपमहानगरपालिकाले जनकपुरको बाह्रबिघामा आयोजना गर्ने नागरिक अभिनन्द कार्यक्रममा सहभागी हुनुहुनेछ ।
सोही कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले उपमहानगरपालिकाको कलात्मक साँचो प्रधानमन्त्री मोदीलाई हस्तान्तरण गर्नुहुनेछ ।
जनकपुर विमानस्थलदेखि अभिनन्दन समारोहस्थल बाह्रबिघा (रङ्गभूमि)सम्म उच्च सुरक्षा सतर्कता अपनाइएको गृह मन्त्रालयले जनाएको छ । सर्वसाधारणलाई १० बजेभित्र समारोहस्थलमा उपस्थित हुन आग्रह गरिएको छ ।
प्रदेश २ सरकारले भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन कार्यक्रमका लागि वैशाख २८ गते सार्वजिनक बिदाको समेत घोषणा गरिसकेको छ । जनकपुर विमानस्थलदेखि रङ्गभूमिसम्म करिब दुई हजार सुरक्षाकर्मी परिचालन हुने सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् ।

जनकपुरमा तयारी पूरा'

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले प्रधानमन्त्री मोदीको जनकपुरधामको धार्मिक भ्रमणलाई प्रदेश २ को महोत्सवका रूपमा मनाउन प्रदेश सरकारले त्यस दिन सार्वजनिक बिदा घोषणा गरेको बताउनुभयो ।
उहाँले भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधाममा प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाबाट गरिने नागरिक अभिनन्दन समारोहमा आठवटै जिल्लाबाट लाखाँैको सङ्ख्यामा सर्वसाधारणको सहभागिता रहने गरी तयारी
भएको बताउनुभयो ।
मुख्यमन्त्री राउतले नागरिक अभिनन्दन समारोहमा सहभागी हुने सर्वसाधारणका लागि कुनै पनि पासको व्यवस्था नभएको र सहज रूपमा बिहान १० वजेसम्ममा बाह्रबिघा रङ्गभूमि मैदानको उत्तरी गेटबाट सुरक्षाजाँच गरी अभिनन्दन हुने समारोहस्थलमा प्रवेश गरिसक्नुपर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।
मुख्यमन्त्री राउतले प्रदेश २ सरकारले तयारीका लागि आफ्नो नेतृत्वमा मूल समिति गठन गरी विभिन्न उपसमितिमार्फत तयारीका कामकाजहरू भइरहेको बताउनुभयो ।
नागरिक अभिनन्दनका लागि मञ्च व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ । उहाँले भारतीय प्रधानमन्त्रीको भ्रमणबाट प्रदेश २ का आमजनता निकै उत्साहित भएको र स्वागतका लागि आतुर
रहेकोसमेत बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्