हावाहुरीका कारण घर भत्किँदा चेपिएर सिरहा मिर्चैयामा वृद्धको मृत्यु

<span class='c1'>हावाहुरीका कारण घर भत्किँदा चेपिएर</span> <span class='c2'>सिरहा मिर्चैयामा वृद्धको मृत्यु</span>

लहान – हावाहुरीका कारण घर भत्किँदा चेपिएर सिरहा मिर्चैया नगरपालिका–१० का एक वृद्धको मृत्यु भएको छ।

यसैगरी हावाहुरीले घरको पिलर भाँचिएर एक जना घाइते भएका छन्।

बिहान ५ बजेतिर अचानक चलेको तीव्र गतिको हावाहुरीले घर भत्काउँदा घरभित्र सुतिरहेका मिर्चैया नगरपालिका–१० का ७५ वर्षीया सगुनी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, हावाहुरीले घरको पिलर भाँचिएर सुखिपुर नगरपालिका–९ स्थित अशोक गुप्ताको घर बनाउन आएका मिस्त्री सप्तरी कञ्चनरुप नगरपालिका–८ रुपनगरका २६ वर्षीय श्रीप्रसाद सरदार घाइते भएको स्थानीयवासीले बताएका छन्।

उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको जनाएको छ । हावाहुरीका कारण रूख ढलेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। हावाहुरीले आँप झारेर ठूलो क्षति पु¥याएको छ भने हावाहुरीसँगै भएको वर्षाले तयारी अवस्थामा रहेको काँचो इँट्टा नष्ट भएको छ।

यस्तै हावाहुरीले जिल्लाका विभिन्न स्थानमा फुस र टिनको छानो भएका घरहरु उडाएका छन्। विद्युत्का थुप्रै पोल ढालिदिएपछि विद्युत् र टेलिफोन सेवासमेत बिहानैदेखि अवरुद्ध भएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्