सुनीता आर्याल
बिराटनगर, २६ बैशाख । वैदेशिक रोजगारीमा महिला असुरक्षित बन्दै जाँदा त्यसको सहसी ब्यवस्थापनको खोजी पनि शुरु भएको छ । महिलालाई कसरी नेपालमै स्वरोजगार बनाउने भन्ने बारेमा विराटनगरमा छलफल भएको हो । महिला सशक्तिकरणसँगै विश्वसनीय कामदार उपलब्ध गराउने उदेस्यका साथ सुलभ समाधान प्रालिले महिलाहरुकालागि स्वदेशमै रोजगारी उपलब्ध गराउने भएको हो । विराटनगर ३ मा रहेको सुलभ समाधान प्रा.लि.ले विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाली महिलाहरुलाई स्वदेशमै सुरक्षित र भरपर्दो रोजगारीको ब्यवस्था गर्ने वातावरण बनाउन लागेको हो ।
प्रदेश न. १ मा पहिलो पटक महिलाहरुकालागि विश्वसनीय कर्मचारी उत्पादन गर्ने र महिलाश्रमको उचित कदर गर्दै रोजगारीको बाटो प्रदान गर्न लागीएको सुलभ समाधान प्रालिका अध्यक्ष तेजराज कोईरालले जानकारी दिए । उनका अनुसार नेपाली महिलाहरुलाई विदेशमा गएर गर्ने कामलाई निरुत्साहित गर्दै स्वदेशमै काम गर्ने वातावरण बनाउन लागिएको हो । अहिले यससंस्थासँगको सहकार्यमा ८ जनाले काम गरिरहेको जानकारी दिईएको थियो । ‘यस बर्ष हामीले ५० जनालाई रोजगारी उपलब्ध गराउने भएका छौ उनले भने, आगामी दिनमा ४ देखि ५ सय जना महिलाहरुलाई रोजगारीमा प्रत्यक्ष रुपमा जोड्ने योजना रहेका छ ।’ गत पुसदेखी संञ्चालनमा आएको कम्पनीले महिला श्रमिकको पीड़ालाई गहन अध्ययन गरी उनीहरुको उचित पारिश्रमिक र सुरक्षालाई बिशेष प्राथमिकतामा राखेर काम गर्ने बताएको छ ।
सुलभ समाधानले अहिले महिलाहरुका लागी होम ट्यूशन, घरैमा नर्सको ब्यवस्था, अस्पतालमा बिरामी कुर्ने तथा हेरचाह, कार्यालयहरुमा कार्यालय सहयोगी, ड्राईभर, मन्टेश्वरीहरुमा बालबालिकाको हेरचाह तथा पढाईदिने जस्ता काम उपलब्ध गराउने गराउने गरेको छ । त्यस्तै घर हेरालु, महिला चौकीदार जस्ता काम गर्ने ब्यवस्था नेपालको श्रम ऐन कानूनको परिधिमा रही गर्ने विश्वास सुलभ समाधानले दिलाएको छ। (प्रशिक्षार्थी पत्रकार)