दलितको उत्थान अभियान खोटाङको ग्रामिण बस्तीमा

<span class='c1'>दलितको उत्थान अभियान</span> <span class='c2'>खोटाङको ग्रामिण बस्तीमा</span>

खोटाङ, २६ बैशाख ।
खोटाङको खोटिहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखाको महेन्द्रोदय माबिमा दलित चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । एक हप्ता अघि देखि शुरु भयो यो अभियान २८ गतेसम्म संचालन हुने छ । खोटिहाङ गाउँपालिका भित्र रहेका सबै वडाहरुमा दलित समुदायको अधिकार प्रवद्र्धन गर्नको लागि ग्रामिण स्तरसम्म कार्यक्रमको आयोजना गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका खोजिहाङ गाउँपालिका सल्लाहकार समिति संयोजक एसपी सेन्चुरीले जानकारी दिए । वैशाख २१ गते लिच्कीराम्चे देखि शुरु भएको अभियान आज महेन्द्रोदय माबिमा भएको हो । बिहिवार लिकुवा पोखरी र शुक्रवार खोटिहाङमा आएर सम्पन्न गरिने जनाईएको छ ।
कार्यक्रममा प्रत्येक वडामा ८० देखि एक सयको संख्यामा सहभागीता रहेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रम नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको आयोजनामा भएको हो । कार्यक्रमको प्रशिक्षण दिपक ठटाल र उज्वल सोयलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्