शिक्षादीप कलेजका विद्यार्थीलाई विदाई

शिक्षादीप कलेजका विद्यार्थीलाई विदाई

विराटनगर, २६ बैशाख ।
विराटनगर –९ मा रहेको शिक्षादीप कलेजले कक्षा १२ का विज्ञान संकायका विद्यार्थीहरुलाई बिदाई गरेको छ । कलेजले एक कार्यक्रमको आयोजना गरी विज्ञान संकायका ९ औं समुहको ६ सय ५० जना विद्यार्थीलाई बिदाई गरेको हो । कलेजका प्राचार्य ज्ञानबहादुर खडका, कलेजका मुख्य निर्देशक रमेश मण्डल, विज्ञान संकायका को–अर्डिनेटर बसन्त बस्नेत र व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराई लगायतले मन्तव्य राख्दै शिक्षादीप कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरिने दाबी गरे । विदाई हुन लागेका विद्यार्थी नितिस सिंह र प्रजेश श्रेष्ठलगायतले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्