नक्कली पेस्तोल देखाएर गुन्डागर्दी गर्ने पक्राउ परे

<span class='c1'>नक्कली पेस्तोल देखाएर गुन्डागर्दी</span> <span class='c2'>गर्ने पक्राउ परे</span>

काठमाडौं, वैशाख २७ । महानगरीय प्रहरी वृत्त महाराजगन्जले नक्कली पेस्तोल देखाएर गुन्डागर्दी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले नयाँ बसपार्क, सामाखुसी, वसुन्धरालगायतका क्षेत्रमा नक्कली पेस्तोल देखाएर गुन्डागर्दी गर्दै हिँडेका तारकेश्वर नगरपालिका–१३ का सुदीप गुरुङलाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख योगेन्द्रसिंह थापाले व्यापारी तथा होटल व्यवसायीलाई पेस्तोल देखाइ डर, त्रास, धाकधम्की देखाइ रकम माग गरेको भन्ने सूचनाका आधारमा गुरुङलाई नियन्त्रणमा लिएको बताए ।

‘गुरुङले विभिन्न होटल तथा रेस्टुरेन्टमा खाएको पैसासमेत नतिरी हिँड्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ’–उनले भने । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्