प्रदेश नं १ का मुख्यमन्त्री राईलाई अस्पताल विकास समितिका कर्मचारीको ज्ञापनपत्र

प्रदेश नं १ का मुख्यमन्त्री राईलाई अस्पताल विकास समितिका कर्मचारीको ज्ञापनपत्र

विराटनगर, वैशाख २७ गते । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई अस्पताल विकास समितिमा कार्यरत कर्मचारीको समायोजनको माग गर्दै बुधबार साँझ ज्ञापनपत्र बुझाइएको छ ।

अस्पताल विकास समितिका कर्मचारी युनियन प्रदेश नम्बर १ का प्रमुख बद्रीप्रसाद दाहाल सम्मिलित एक टोलीले मुख्य मन्त्री राईलाई ज्ञापनपत्र बुझाएको थियो ।

व्यवस्थापन गरिएका विभिन्न केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल तथा जिल्ला अस्पतालमा विकास समितिमा कार्यरत कर्मचारीको सम्बन्धमा उक्त समायोजन विधेयकमा कुनै पनि सम्बोधन नगरिएको र स्थानीय स्वायत्त शासन ऐनअन्तर्गत सञ्चालनमा रहेका नगरपालिका तथा तत्कालीन जिविसका कर्मचारीका विषयमा कुनै व्यवस्था नगरिएको हुँदा उक्त कर्मचारी समायोजन विधेयक—२०७४ मा छुट भएका कर्मचारीको व्यवस्थाका लागि पहल गर्न अनुरोध गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राईले समायोजनका लागि आफू लागिपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्