कोवास कलेजको विद्यार्थी विदाई

कोवास कलेजको विद्यार्थी विदाई

विराटनगर ,२७ बैशाख । विराटनगर –१० मा रहेको कोबास कलेजले कक्षा १२ का परिक्षा दिएका विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरुलाई विहिबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत दुवै संकायका २३ औं ब्याचको ३ सय ५० जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो । सोहि अवसरमा हिसान परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको छ । कार्यक्रममा कलेजका प्राचार्य सुनिलकुमार श्रेष्ठ, सञ्चालकहरु प्रा. डा.रमेश अधिकारी, ज्ञानेश्वर साह, डा. विनोद महासेठ तथा कलेजका प्राध्यापक हिमा पराजुली लगायतले मन्तव्य राख्दै विद्यार्थीलाई शुभकामना दिएका थिए । कलेज सञ्चालक सिमितीका अध्यक्ष अजयकुमार दासको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्