विराटनगरमा‘बृहत भारतीय शैक्षिक मेला’ हुदै

विराटनगरमा‘बृहत भारतीय शैक्षिक मेला’ हुदै

सुनिता अर्याल
विराटनगर, २७ बैशाख । बिद्यार्थीहरुको पढाईलाई लक्षित गर्दै विराटनगरमा ‘बृहत भारतीय शैक्षिक मेला २०१८’ हुने भएको छ । वाईड रेन्ज कन्सलटेन्सीले विराटनगरमा बिहीबार पत्रकार सम्मेलनको अयोजना गरी  नेपाली विद्यार्थीहरुलाई गुणात्मक, स्तरीय र दक्षजनशक्ति मुलुक शिक्षा उपलव्ध गराउने उद्देश्यका साथ दुई दिने भारतीय शैक्षिक मेला (डेस्टिनेशन इन्डिया –२०१८) वैशाख २८ र २९ गते संचालन हुने भएको ।
विराट वाइड रेन्ज कन्सटेन्सीद्धारा आयोजित पत्रकार सम्मेलनमा शैक्षिक मेलामा भारत सरकारद्धारा मान्यता प्राप्त २० वटा कलेज र विश्वविद्यालयको सहभागिता रहने छ। एसइइ र १२ कक्षा अध्धयन सकेका विद्यार्थीहरुलाई लक्षित गरी संचालित उक्त मेलामा मानविकी, व्यवस्थापन, मेडिकल, इन्जिनियरिङ र होटल व्यवस्थापनामा विषय अध्ययन गराउने कलेजका प्राचार्य र प्रतिनिधिहरुको प्रत्यक्ष सम्पर्क रहने छ। विगत आठ वर्षदेखि संचालित उक्त मेलामार्फत वार्षिक ५० जना विद्यार्थीहरुले भारतमा अध्ययन गर्ने जाने गरेका छन । विद्यार्थीहरु कलेज दाखिला पश्चात समेत कन्सल्टेन्सीले नियमित अनुगमन गर्ने गरेको पत्रकार सम्मेलनमा वताइयो । प्राविधिक तर्फ इन्जिनियरिङ अध्ययन गर्न चार वर्षको अध्ययन , आवास र खाना सहित न्युनतम १० लाख लाग्ने कन्सल्टेन्सीका प्रवन्धक निर्देशक विजय दंगालले वताए। दुई दिने मेलामा मोरङ, सुनसरीका पाँच हजार विद्यार्थी र अभिभावकले अवलोकन गर्ने वताईएको छ ।
भारतको २० वटा सरकारी तथा निजी विश्वविद्यालय र कलेजहरु सहभागी हुन लागेको मेलामा विद्यार्थी, शिक्षक र अविभावकलाई सहभागी हुन आयोजकले आग्रह समेत गरेको छ । (प्रशिक्षार्थी पत्रकार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्