मेरिल्याण्ड कलेजले छ सय सात जनालाई उज्वल भविश्यको लागि पठायो

मेरिल्याण्ड कलेजले छ सय सात जनालाई उज्वल भविश्यको लागि पठायो

विराटनगर २७ बैशाख । मेरिल्याण्ड कलेज विराटगरले कक्षा १२का बिद्यार्थीको एक कार्यक्रमको आयोजना गरी आज विदाई गरेको छ । बार्षिक परीक्षा दिएका ६ सय ७ जना विद्यार्थीहरुलाई बिहीबार कलेजमा आयोजना गरिएको विदाई तथा सम्मान कार्यक्रम गरी विदाई गरिएको हो । कलेजका अध्यक्ष गुणराज ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी अदिति पोखरेल, ओसिन ओली, रिया श्रेष्ठ लगायतले कलेजको हरेक क्रियाकलापबाट प्रभावित भएको र घरेलु वातावरणमा अध्ययन हुँदै आएकोमा प्रशंसा गरेका थिए ।

कार्यक्रममा कलेजका उपाध्यक्ष प्रा.डा. पि.के.झाले सम्पुर्ण विद्यार्थीको उज्वल भविष्यको कामना गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रतिभा सुनाउँदै नाच–गान गरी रमाईलो गरेको बिद्यालयका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्