कक्षा १२ को परीक्षा सम्पन्न , ९० दिनभित्रै नतिजा आउने

कक्षा १२ को परीक्षा सम्पन्न , ९० दिनभित्रै नतिजा आउने

भक्तपुर । यही वैशाख १४ गतेदेखि देशभर एकैसाथ सञ्चालन भएको माध्यामिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा बिहीबारबाट सम्पन्न भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षामा देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । सबैभन्दा बढी काठमाडौँमा ११४ र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक÷एक वटा परीक्षा केन्द्रमा परीक्षा भएको थियो ।

परीक्षामा देशभरका तीन हजार ९१२ विद्यालयका दुई लाख आठ हजार २७६ छात्र र दुई लाख छ हजार ९७५ छात्रा गरी कूल चार लाख १५ हजार २५२ परीक्षार्थी सहभागी भएका थिए । परीक्षामा सबैभन्दा बढी काठमाडौँमा ६१ हजार ९२६ तथा सबैभन्दा कम मनाङमा ८८ परीक्षार्थी सहभागी भएको उनले जानकारी दिए ।

बोर्डका सदस्यसचिव दुर्गा अर्यालले परीक्षा सम्पन्न भएको ९० दिनभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्