विराटनगरमा महिला तथा बालबालिकामाथी हुने हिंसा बिरुद्ध सचेतनामूलक कार्यक्रम 

विराटनगरमा महिला तथा बालबालिकामाथी हुने हिंसा बिरुद्ध सचेतनामूलक कार्यक्रम 

मोरङ, बैशाख २७ गते।

प्रहरीले मोरङको विराटनगर महानगरपालिका -१५ रानीमा विहीबार एक दिने महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध सचेतनामूलक कार्यक्रम संपन्न गरेको छ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा संपन्न भएको उक्त कार्यक्रममा स्थानियलाई घरेलु हिंसा, महिला हिंसा, लैङ्गिक असमानता, बाल विवाह , बहु-विवाह , जबरजस्ती करणी तथा त्यस सम्बन्धी कानुनी प्रकृया र नेपाल प्रहरीको भूमिकाको विषयमा जानकारी दिएको प्रहरी नायव निरिक्षक कृष्ण कुमारी अधिकारेल जनाउनु भयो।

विहान ११ बजेबाट सुरु भएको उक्त कार्यक्रममा ६५ जनाको उपस्थिती रहेको थियो भने कार्यक्रमको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव निरिक्षक कृष्ण कुमारी अधिकारी , प्रहरी सहायक निरिक्षक सरस्वती राई र प्रहरी जवान ओम राज पौडेलले सहजीकरण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्