छ फरक विधाका पुरस्कार एकै पटक बिराटनगरमा बितरणको तयारी

छ फरक विधाका पुरस्कार एकै पटक बिराटनगरमा बितरणको तयारी

विराटनगर, २८ बैशाख ।
प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने छ वटा प्रतिभा पुरस्कारको घोषणा गरेको छ । यी छ पुरस्कार बाट विभिन्न विधामा योगदान दिने यी सात स्रष्टालाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । संस्कृतिविद् डा । जगमान गुरुङलाई लीलानाथ–विश्वमन्जरी प्रतिभा पुरस्कारआख्यानकार माया ठकुरीलाई दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार, साहित्यकार डिल्लीराम मिश्रलाई ज्वाला प्रसाद पोखरेल प्रतिभा पुरस्कार प्रदान गर्न लागिएको हो । त्यस्तै कवि मोहन भण्डारीको ऋृतुम्भरा महाकाव्यका लागि प्रतिभा पुरस्कार वितरण गर्न लागिएको पुरस्कार छनौट समितिले जनाएको छ । यी पुरस्कारको राशि जनही पचास हजार र सम्मानपत्र रहेको छ । यस्तै नियात्राकार दामोदर पुडासैनी किशोरलाई २१ हजार राशिको विराटलक्ष्मी प्रतिभा पुरस्कार, युवा आख्यानकार अश्विनी कोइरालाको उपन्यास प्रेमालय र कथाकार रीता ताम्राकारको कथासंग्रह संवेगलाई संयुक्त रूपमा पन्ध्र हजार राशिको षडानन्द प्रतिभा पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीले जानकारी दिए । प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले पुरस्कृत हुने ब्यक्ति सम्बन्धि निर्णय गर्दै असार २९ गते भानु जयन्तीका अवसरमा पुरस्कार बितरण गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्