क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिकसहित ६ जना समातिए

<span class='c1'>क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई</span> <span class='c2'>भारतीय नागरिकसहित ६ जना समातिए</span>

तेह्रथुम, वैशाख २८ गते । क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिकसहित ६ जनालाई तेह्रथुमको आठराई सङ्क्रान्तिबजारबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ बस्ने २८ वर्षीय दिनेश सुब्बा, दमक नगरपालिका–१ बस्ने २२ वर्षीय आशिष सुब्बा, दमक नगरपालिका–२ बस्ने २८ वर्षीय दीपक सुब्बा, दमक नगरपालिका–२ बस्ने ४४ वर्षीय मनतुला धिमाल, भारतको सिक्किम राज्य गान्तोक बस्ने ४० वर्षीय भूपाल राई र पश्चिम बंगाल राज्य बस्ने ३३ वर्षीय पवन राई रहेको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारले जनाएको छ ।

सङ्क्रान्तिबजारमा बुधबार दिउँसो क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेका धर्मावलम्बीलाई भारतीय नम्बर प्लेट भएको गाडीसहित स्थानीय सूचनाका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले बताउनुभयो । पक्राउ परेकालाई विहिबार सार्वजनिक गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, तेह्रथुम पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्