नक्कली सात किलो सुनसहित दुईजना पक्राउ

नक्कली सात किलो सुनसहित दुईजना पक्राउ

काठमाडौं । नक्कली सुनलाई सक्कली सुन भन्दै अबैध कारोबार गर्दै आएका दुईजना पक्राउ परेका छन् । महानगरिय अपराध महाशाखाको विशेष टोलीले ललितपुर महानगरपालिका २८ हरिसिद्धी स्थित बिकेएम खाजाघरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप दुरागाँउ स्थायी घर भई हाल ललितपुरको हात्तिबन बस्दै आएका २५ वर्षीय दिपेन्द्र बराईली र सिन्धुपाल्चोक फुलपिङ ३ स्थायी घर भई ललितपुर बस्दै आएका २७ वर्षीय रमेश बैजु रहेका छन् ।
उनीहरुले बजार दरभन्दा सस्तो मुल्यमा ८० लाख रुपैयामा ७ किलोग्राम सुन दिने भन्दै व्यापारीहरुलाई ठग्ने योजना बनाएको पाइएको महाशाखाका एसएसपी धिरजप्रताप सिहंले बताए । उनीहरुबाट ७ थान सुनजस्तो देखिने पहेलो धातु बरामद गरिएको छ । एसएसपी सिहंका अनुसार उनीहरुले गाउँका सुन पसलेलाई नक्कली सुन दिदै ठग्दै आएका थिए । उनीहरुमाथी आवश्यक अनुसन्धान भइरहेको र यस्तो कार्यमा अन्य व्याक्तिहरुको संग्नता हुनसक्ने प्रहरी आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्