विराटनगरमा कांग्रेस नेता कोईराला पार्टी सभापति देउवा बिरुद्ध खनिए

विराटनगरमा कांग्रेस नेता कोईराला पार्टी सभापति देउवा बिरुद्ध खनिए

विराटनगर, २८ बैशाख ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरवहादुर देउवालको नेतृत्व परिवर्तन नभएसम्म कांग्रेस कमजोर नै रहने बताएका छन् । मोरङ क्षेत्र न ६ को क्षेत्रीय समितिको सम्पर्क कार्यालय उद्घाटन गर्दै कोइरालाले कांग्रेसलाई वलियो बनाउने हो भने तत्कालै नेतृत्व परिवर्तन आवस्यक रहेको बताए । देउवाले पार्टीमा गुट उपगुट चलाएर संगठन कमजोर बनाएको र पार्टी ध्वस्त हुन लागेको उनको आरोप छ ।
‘निर्वाचनमा हारको जिम्मेवारी पनि लिन नसक्ने देउवाजीलाई सभापति भएर बस्ने अधिकार छैन, उनले भने, पार्टी हारेको छैन यसमा व्यक्ती देउवा जी हारेको हो ।’ जिम्मेवारी पनि लिन नसक्नेले पार्टीको नेतृत्व सम्हालिरहनु न्यायसंगत नभएको उनको तर्क छ ।
कांग्रेसलाई पुरानै स्थितिमा फर्काउन १४ औ महाधिबेशन तत्कालै डाकिनु पर्ने कोइरालाले माग गरे । महाधिवेशनले देउवालाई वर्खास्त गरेपछि पार्टी पुरानै स्थितिमा फर्कने छ उनको ठोकुवा छ । कांग्रेसले नयाँ नेतृत्व पाएपछि बामगठबन्धनबाट तर्सिरहनु नपर्ने उनको विश्वास छ।
देश संघीयतामा गइसकेपनि पार्टी पुरानै मान्यतमा चलेको चर्चा गर्दै कोइरालाले भने , एउटै क्षेत्रमा ३ क्षेत्रीय सभापतिले काम गरिरहेका छन्, यो भन्दा लाजमर्दो कुरा के हुन्छ ? उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्