‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं’ भन्दा विवेकशील साझा पार्टीका कार्यकर्ता पक्राउ

‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं’  भन्दा विवेकशील साझा पार्टीका कार्यकर्ता पक्राउ

बुटवल । विवेकशील साझा पार्टीका प्रदेश ५ का संयोजकसहित एक दर्जन नेता-कार्यकर्तालार्इ प्रहरीले पक्राउ गरेकाे छ । पार्टीकाे केन्द्रीय कार्यालयमा राखिएको ब्यानर हिजाे शुक्रबार प्रहरीले च्यातेर हटाएकाे थियाे । त्यसकाे विरोधमा अाज यहाँ कार्यकर्ताहरूले विराेध प्रदर्शन गरेका हुन् ।

पुष्पलाल पार्कमा भएकाे प्रदर्शनमा संलग्न विवेकशील साझा पार्टीका ५ नंं प्रदेश संयोजक अनुपमान सैंजू र रुपन्देही जिल्ला संयोजक हरिकृष्ण अधिकारीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको प्रारम्भिक जानकारी अाएकाे छ । ट्राफिकचोकदेखि पुष्पलाल पार्कसम्म भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे हाे ।

प्रदर्शनकारीले ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं’ लेखिएका ब्यानर र प्लेकार्डहरु बोकेका थिए । तर ती ब्यानेर प्रहरीले खाेजेर लगेकाे छ । हिजाे केन्द्रीय कार्यालयमा पनि साेही नारा अंकित कालाे ब्यानर टाँगिएकाे थियाे । तर साे ब्यानर  प्रहरीले खाेसेपछि केन्द्रीय कार्यलयमा पार्टीका शीर्ष नेताकै सहभागितामा बेलुनमा साे नारा टाँगेर उडाइएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्