नेपाली काँग्रेसको धरानमा बृहत् महिला भेला सम्पन्न

<span class='c1'>नेपाली काँग्रेसको धरानमा बृहत्</span> <span class='c2'>महिला भेला सम्पन्न</span>

इटहरी, वैशाख २९ गते । नेपाली काँग्रेस क्षेत्र नं १ को महिला विभागले धरानमा बृहत् भेला सम्पन्न गर्दै विभागलाई पूर्णता प्रदान गरेको छ ।

काँग्रेस सुनसरीका ं प्रवक्ता सुजेन्द्र गोलेको प्रमुख आतिथ्यमा तथा महिला विभागका संयोजक सपना राईको अध्यक्षता सम्पन्न भेलाले उहाँकै संयोजकत्वमा २३ सदस्यीय महिला विभाग गठन गरेको हो । विभागका उपाध्यक्षमा चित्र राई, सचिवमा कोपिला गौतम , सहसचिवमा निर्मला अधिकारी र कोषाध्यक्षमा सरस्वती बराइलीलाई चयन गरेको छ ।

महिला क्षेत्रीय विभाग सदस्यमा दुर्गा अधिकारी, कुमारी तामाङ, अञ्जु पुलामी, ज्ञानु श्रेष्ठ, सरला आचार्य, भावना चित्रकार, पुष्पा जैसवाल, सीता विक, सिर्जना राई, गीता लिम्बू, सीता शङ्कर, गीता विक, रुपा कालीकोटे, रविना लिम्बू, मीना राई, सन्जु निरौला र सानु गजमेर सर्वसम्मतले चयन हुनुभएको छ ।

सो भेलामा पार्टी क्षेत्रीय क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, नेविसंघ केन्द्रीय सदस्य सागर प्रसाईंलगायतले गुटउपगुटका कारण पार्टी कमजोर भएकाले महिलालाई गुटउपगुटमा नलाग्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्