भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटे काँग्रेसका नेता र प्रचण्डलाई

<span class='c1'>भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटे</span> <span class='c2'>काँग्रेसका नेता र प्रचण्डलाई</span>

काठमाणडौ । दुई दिने नेपाल भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक दलका नेतासँग भेटवार्ता गर्नुभएको छ ।

होटल हायातमा भारतीय प्रधानमन्त्री मोदीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको साथै काँग्रेस पदाधिकारीसँग सामूहिक भेट गर्नुभएको थियो । भेटमा सभापतिसँगै उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीता यादव, विजय गच्छदार, रामचन्द्र पौडेल लगायतका नेता सहभागी थिए । त्यसैगरि मोदीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग एक्लै भेटवार्ता गर्नुभएको थियो ।

यसअघि हिजो होटल द्वारिकामा भारतीय प्रधानमन्त्री मोदीले पूर्वप्रधानमन्त्रीसँग एकमुष्ट भेटवार्ता गर्नुभएको थियो । त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रिय जनता पार्टी नेपालका नेताबीच भेटवार्ता भएको थियो । लामो समयदेखि अस्वस्थ रहेका राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकूर र अध्यक्ष मण्डलका सदस्यबीच भेट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्