काठमाडौं, वैशाख २९ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमण सकेर शनिबार स्वदेश फर्किएका छन् । मोदी स्वदेश फर्कनुअघि दुवै देशका प्रधानमन्त्रीले १५ बुँदे संयुक्त वक्तव्य जारी गरे । संयुक्त वक्तव्यमा मोदीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएको विषयदेखि शुक्रबार र शनिबार भएका वार्ता र वार्ताको निष्कर्ष उल्लेख गरिएको छ ।