बसको हेडलाइट बिग्रँदा दुर्घटना, ५ जनाको मृत्यु

बसको हेडलाइट बिग्रँदा दुर्घटना, ५ जनाको मृत्यु

प्युठान, ३० वैशाख ।  प्युठानमा रात्री बस पल्टिँदा ५ जनाको ज्यान गएको छ । २१ जना घाइते भएका छन् । घाइते ५ जनाको बुटवलमा र अरुको प्युठान अस्पताल तथा अरु पायक पर्ने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  ना ४ ख १८७६ नम्बरको बस प्युठानको पटडाँडा नजिकै पाखुरी खोलामा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राती २ बजेर ५० मिनेटतिर बस दुर्घटनामा परेको हो । बसको हेडलाइट बिग्रँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्