बिराटनगर बैशाख ३० , बिराटनगर महेन्द्र चौकमा टेम्पो चालकहरुलाई सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन भएको छ ।
ट्राफिक नियम चिन्ह्र र सुरक्षीत सडक प्रयोग सम्बन्धी जनचेतना मूलक प्रशिक्षण दिनुको साथै ५० थान पर्चा पमप्लेट समेत वितरण गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा उक्त जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो ।