इटहरीमा भैंसी सुन्दरी प्रतियोगिता सम्पन्न ,”हिरा”भैंसीले जित्यो प्रतियोगिता

<span class='c1'>इटहरीमा भैंसी सुन्दरी प्रतियोगिता</span> <span class='c2'>सम्पन्न ,”हिरा”भैंसीले जित्यो प्रतियोगिता</span>

विराटनगर, ३० वैशाख। सुनसरीको इटहरीमा शनिबार मुलुकमै पहिलो पटक भैंसी सुन्दरी प्रतियोगिता आयोजना गरिएको छ ।

वातावरण तथा पर्यावरण संरक्षण केँन्द्र नेपालको आयोजनामा इटहरी  हवाई चौकमा सम्पन्न भैंसी सुन्दरी प्रतियोगिताको ताज इटहरीकोे "हिरा" नाम दिइएको भैँसीले जित्न सफल भएको छ ।

इटहरीकी मिठुमायाँ कार्कीले पालेको भैसीले ३ दर्जन भैसीलाई जितेर  विजेता बनेको थियो । प्रतियोगिताको विजेतालाई ११ हजार नगद दिइएको छ ।

यस्तै इटहरीका नरबहादुर कार्कीले पालेको चम्पा नामक भैंसी दोस्रो हुँदै ९ हजार नगद जितेको छ । इटहरीकै बेधनिधि दाहालले पालेको काली भैंसी तेस्रो भएर नगद ३ हजार ५ सय रुपैया जितेको छ ।

प्रतियोगितामा जिल्लाका तीन दर्जन वढी भैसीलाई प्रतिस्पर्धामा उत्रिरिएको थियो । किसानलाई उत्साहित गर्न भैसी सुनदरी प्रतियोगिता गराइएको आयोजक संस्थाका अध्यक्ष टंक दाहालले जानकारी दिए ।

भैसी सुन्दरी प्रतियोगितामा भैसीको स्वास्थ्य, सफाइलाई आधार मानेर छनौट गरिएको थियो । प्रतियोगितमा सहभागिता जनाउने भैंसीहरुको ८० हजार बराबरको बिमाको ब्यवस्था पनि गराइएको थियो ।

प्रतियोगितामा इटहरी वडा नं १, २, ३, ४ र २० बाट ३८ वटा भैंसीहरु सहभागी भएका आयोजक संस्थाले जनाएको छ । सबै भैंसीलाई अथितिको विल्ला भिराइएको थियो । पहिलो पल्ट नौलो किसिमकोसुन्दरी प्रतियोगिता भएकाले हर्ने आउनेहरुको घुइँचो लागेको थियो ।(अनलाइन खबरको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्