‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चर्चमा बम बिष्फोट गरायो

<span class='c1'>‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले</span> <span class='c2'>चर्चमा बम बिष्फोट गरायो</span>

कैलाली, बैशाख ३० । नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धनगढी उपमहानगरपालिका—४ बोराडाँडीमा रहेको महिमा चर्चमा बम बिष्फोट गराएको छ ।

बम बिष्फोटबाट ३ वटा झ्यालको सिसा र पर्खालमा केही क्षति पुगेको छ । रातिको समयमा चर्चमा कोही नबस्ने भएकोले मानवीय क्षति भने भएको छैन् । पर्खालमा बम विष्फोट भएका कारण कम क्षति भएको हो ।

शनिवार राति करीव ११ बजेर २५ मिनेटमा विप्लवका कार्यकर्ताहरुले चर्चमा बिष्फोट गरेको प्रहरीले जनाएको छ । घट्नाको जानकारी पाएको १५ मिनेटमा प्रहरी घट्नास्थलमा पुगेको थियो ।

प्रहरीले विप्लवका कार्यकर्ताले प्रेसर कुकर बम विष्फोट गराएको जनाएको छ ।

बन्दको पूर्व सन्ध्यामा बम बिष्फोट गरेको विप्लवका कार्यकताले कैलालीमा चर्चमा गरेको यो पहिलो आक्रमण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्