प्रम ओलीद्वारा मोदीको नेपाल भ्रमणमा गरिएका सम्झौताबारे संसदलार्ई जानकारी

प्रम ओलीद्वारा मोदीको नेपाल भ्रमणमा गरिएका सम्झौताबारे संसदलार्ई जानकारी

काठमाडौं, बैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र यसक्रममा गरिएका सम्झौता र सहमतिका बारेमा संसदलार्ई जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति भने असन्तुष्टि जनाए ।

मुख्यमन्त्रीको नाम नलिएपनि नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त भएको उल्लेख गरे ।

यो नेपाल सरकारको नीति अनुसार नभएको पनि उनको भनाइ छ ।

जनकपुरधाममा शुक्रबार आयोजित मोदीको अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी भएको अभिव्यक्ति दिएका थिए ।

विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको राउतको भनाइ थियो ।

संघीय संसदको दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा दुबैमा आज पनि आर्थिक वर्ष २०७५/०७६ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ ।

बिहीबारदेखि शुरु भएको छलफल दुई दिन स्थगित भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि दुई दिन बैठक स्थगित गरिएको थियो ।

बजेटका प्राथमिकता र सिद्धान्त पारित भएपछि सरकारका तर्फबाट संसदमा नीति तथा कार्यक्रम पेश गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्