पाकिस्तानमा भीषण वर्षा, ११ जनाको मृत्यु

<span class='c1'>पाकिस्तानमा भीषण वर्षा,</span> <span class='c2'>११ जनाको मृत्यु</span>

काठमाडौं, ३० वैशाख । पाकिस्तानको पञ्जाब र पख्तुनख्वा प्रान्तमा भएको भीषण वर्षाले ११ जनाको ज्यान लिएको छ ।
जियो न्युजको एक रिपोर्टअनुसार, बजौर एजेन्सी क्षेत्रमा एक घरको छत र पर्खाल लड्दा कम्तीमा आठजनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् ।

रिपोर्टअनुसार, नौशेरामा चट्याङ पर्दा एक व्यक्तिको मृत्यु भयो । पञ्जाबको भक्कर जिल्लामा एक घरको छत भत्किँदा दुईजनाको मृत्यु भयो भने तीनजना घाइते भए । स्वात उपत्यकामा भारी वर्षाका कारण सडकमा पानी भरियो र कारहरू फसे । पाराचिनारमा विगत १० दिनयता वर्षा हुँदा अनि कोह–ए–सफेद पर्वतीय रेन्जमा असिना पर्दा तापक्रम पनि ह्वात्तै घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्