सुस्त मनस्थितिकी किशोरीलाई बन्धक बनाई आठ दिनसम्म सामूहिक बलात्कार

सुस्त मनस्थितिकी किशोरीलाई बन्धक बनाई आठ दिनसम्म सामूहिक बलात्कार

सिन्धुली, ३० वैशाख– सिन्धुलीकी एक सुस्त मनस्थिति भएकी बालिकालाई बन्धक बनाई सामूहिक बलात्कार भएको छ । सर्लाही हरिऔन नगरपालिका १० नयाँरोडस्थित शिद्धबाबा होटलमा उनलाई बन्धक बनाई सामूहिक बलात्कार गरिएको पीडितका आफन्तले बताएका छन् ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–८ जमुने क्यानेश्वरकी १६ वर्षीया बालिकालाई आठ दिनसम्म होटलमा बन्धक बनाइ सामूहिक बलात्कार गरिएको पीडितका बाबुले बताएका छन् । हरिऔन नगरपालिका– १० धरहरा घरभइ सिन्धुली क्यानेश्वर जमुने माइती बस्दै आएकी माया लोप्चनले ती बालिकालाई भारत लगी राम्रो जागिर लगाइदिने लोभमा फकाइ वैशाख १७ गते सर्लाही पुर्याएपछि बालिकालाई आठ दिनसम्म होटलमा बन्धक बनाइ सामूहिक बलात्कार गरिएको पीडितका बाबुले बताए ।

मायाका पति कुमारले हरिऔन पुर्याइएकी बालिकालाई सोही ठाउँका ५० वर्षीय ज्ञानबहादुर थिङको साथमा भारत लैजान भनेपछि ज्ञानबहादुरले नजिकैको शिद्धबाबा होटलमा राखी ७ दिनसम्म आफू र अन्य युवाले दैनिक सामूहिक बलात्कार गरेका थाहा हुन आएको हो । नेपाली भाषासमेत बोल्न नजान्ने, सुस्त मनस्थिति भएकी र आफ्नो घर ठेगानासमेत बताउन नसक्ने बालिकाकी बलात्कृत भएपछि उनको परिवार न्याय खोज्दै सदरमुकाम पुगेको छ ।

सर्लाही हरिऔनस्थित इलाका प्रहरी कार्यालयमा उजुरी गर्न जाँदा त्यहाँका प्रहरी अधिकृतबाट उल्टै पीडितका बुवालाई थुनेर आफ्नो छोरी लैजान दबाब दिएको अभिभावकले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्